काठमाडौँ। सरकारले बढुवा भएका चारजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को पदस्थापन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चार एआईजीको बढुवा तथा पदस्थापन गरेको हो।
सुशीलसिंह राठौर अपराध अनुसन्धान विभाग, उमाप्रसाद चतुर्वेदी कार्य विभाग, हिमालय श्रेष्ठ प्रशासन विभाग र प्रदेश समन्वय विभागमा डम्बर विक पदस्थापन भएका छन्।
यसअघि अपराध अनुसन्धान विभागमा राजन अधिकारी थिए। उनको मानव स्रोत विकास विभागमा सरुवा भएको थियो। कार्य विभागमा कार्यरत् सिद्धिविक्रम शाहको प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको थियो। प्रदेश समन्वय विभागमा कार्यरत मनोज केसीको केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा भएको थियो।