काठमाडौं। नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक आज पनि बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरु हुने छ।
गएको बिहीबारदेखि कांग्रेस पदाधिकारी बैठक निरन्तर बसिरहेको छ। पदाधिकारी बैठकले यही असोज २६ गतेदेखि सुरु हुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको एजेण्डा टुङ्गो लगाउने बताइएको छ।
पार्टीको महाधिवेश निर्धारित समयमा गर्ने कि अर्ली अधिवेशन गर्ने भन्नेबारे पनि कांग्रेस नेताहरूबीच मतभेद देखिएको छ । बैठकमा यसबारे पनि समान धारणा बनाउने प्रयास भइरहेको नेताहरुले बताएका छन्।