२५ आश्विन २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजीका प्रतिनिधिबीच हुने भनिएको छलफल स्थगित भएको छ।

प्रधानमन्त्री कार्कीसहित शीतल निवासमा आयोजित छलफलमा को-को सहभागी हुने भन्ने विषयमा जेनजी युवाबीच मतभेद भएपछि राष्ट्रपतिले बैठक स्थगन गरेका हुन्।

वार्ताका लागि सुदन गुरुङको टोली शीतल निवास छिरेपछि बाहिर रहेका जेनजी युवाहरूले नाराबाजी गरेका थिए। त्यसपछि छलफल सोमबारका लागि सारिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

आज गर्ने भनिएको छलफलमा सहभागी हुने प्रतिनिधिबारे विवाद भएपछि सोमबार दिउसो ३ बजे छलफल गर्ने तय भएको हो ।