२५ आश्विन २०८२
अ+
अ-

काठमाडौं। शनिबारका बस्ने भनिएको नेकपा एमाले सचिवालय बैठक अन्तिम समयमा स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएपछि सचिवालयको बैठक स्थगित गरिएको हो।

“अध्यक्ष अस्वस्थ भएको कारण बैठक स्थगित भएको म्यासेज आएको छ,” सचिव योगेश भट्टराईले भने। बैठक आइतबार बस्ने बताइएको छ। शुक्रबार पनि सचिवालयको बैठक भुक्तपुर गु्ण्डुस्थित ओली निवासमा भएको थियो।

बैठकमा २३ र २४ भदौको घटनापछि देशमा विकसित भएको नयाँ परिस्थितिमा अध्यक्ष ओलीको नेतृत्व पार्टी अघि जान सक्ने भन्दै पद छाड्नु पर्ने माग गरेका थिए।

शुक्रबारको बैठक उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले अध्यक्ष ओलीले पद छाड्नुपर्ने लिखित धारणा राखेका थिए। त्यसैगरी वरिष्ठ उपाध्यक्ष ई्श्वर पोखरेल, उपाध्यक्षहरु रामबहादुर थापा र विष्णु पौडेलले पनि पार्टी पुनर्गठनको विषयलाई उठाएका थिए।

बैठकमा उपाध्यक्ष गुरु बराल, महासचिव शंकर पोखरेल र उप महासचिव प्रदीप ज्ञवालीले संकटको नेतृत्वको विरोध गर्नु नहुने भन्दै ओलीको बचाउ गरेका थिए। बैठकपछि सञ्चारकर्मीहरुलाई उप महासचिव ज्ञवालीले शनिबारले चाँडै महाधिवेशन गर्ने सम्बन्धी प्रस्ताव आउने बताएका थिए।