२६ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। हमासद्वारा बन्धक बनाइएका बन्दीहरूमध्ये नेपालका विपिन जोशीसहित २२ बन्दकहरू जीवितै रहेको इजरायलले विश्वास गरेको छ ।

टाइम्स अफ इजरायलले सार्वजनिक गरेको जीवित रहेको विश्वास गरिएका बन्धकहरूको सूचीमा विपिनको पनि नाम छ।

यसअघि विपिनसहित २ जनाको अवस्था अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो। तर अहिले टाइम्स अफ इजरायल, एपीसहित सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवितको सूचीमा विपिन पनि रहेको उल्लेख गरेका हुन् ।

शुक्रबार भएको युद्धविरामसँगै सोमबारदेखि मंगलबारसम्म बन्धक रिहा हुने अपेक्षा छ। इजरायलले दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ। जीवित ठानिएका २२ बन्धकमध्ये जोशी फिर्ता आउने अपेक्षामा देश छ।