२६ आश्विन २०८२
गौरीबहादुर कार्की। कार्कीकै अध्यक्षतामा मिटरब्याज छानबिनसम्बन्धी पहिलो आयोग बनेको थियो।
अ+
अ-

काठमाडौं। जेन-जी आन्दोलन सम्बन्धमा गठित जाँचबुझ आयोगले २३ र २४ भदौमा देशका विभिन्न जिल्लामा भएको दल, संघ-संस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण मागेको छ।

आइतबार प्रेस विज्ञप्ति जारी गरी आयोगले विवरण पठाउन अपिल गरेको हो। आयोगले जेन-जी आन्दोलनका क्रममा भएका घटनालाई पुष्टि गर्ने प्रमाण फोटो, भिडिओ र कागजातहरू पठाउन अनुरोध गरेको छ।

विवरण सार्वजनिक गर्न आयोगले इमेल सार्वजनिक गरेको छ। हुलाकबाट समेत विवरण पठाउन सकिने जाँचबुझ आयोगका सदस्य एवम् प्रवक्ता विज्ञानराज शर्माले बताए।