२६ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका प्रमुख सुदन गुरुङलाई पक्राउ गर्न भन्दै प्रहरीमा जाहेरी दिएको छ।

संघले २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनमा नाबालक विद्यार्थीहरूलाई विद्यालय पोसाकमा जान उक्साउने गतिविधि गरेको आरोप लगाएको छ। प्रहरीमा दिइएको जाहेरीमा बालेन र गुरुङले राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी सम्पत्तिमा लुटपाट गराएको आरोप लगाएको छ।

नेपाल विद्यार्थी संघका केन्द्रीयहरू सदस्यहरू मनिषजंग थापा, अशोक सिंह विष्ट र विजय शाहले संयुक्त रूपमा हस्ताक्षर गरेर किटानी जाहेरी दिएको केन्द्रीय सदस्य अशोक सिंह विष्टले जानकारी दिए। जाहेरीमा २४ घण्टाभित्र जाहेरी दर्ता गरेर पक्राउ गरी कारबाही गर्न पनि माग उल्लेख गरिएको उनले बताए।