काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्।
शनिवार एक्कासि स्वास्थ्यमा समस्या आएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो।
स्वास्थ्यमा समस्या आएपछि शनिबार बिहान तय गरिएको राष्ट्रपति पौडेल र जेनजी समूहबीचको भेटवार्ता सोमबारका लागि सारिएको थियो।