काठमाडौं। फारो आइसल्याण्डले आइतबार भएको फिफा विश्वकप छनोट खेलमा चेक गणतन्त्रलाई २–१ ले हराएको छ।
आइतबार भएको खेलमा फारोले यस्तो नतिजा हात पारेको हो।
खेल सकिन नौ मिनेट अगाडि मार्टिन एगनारसनले निर्णायक गोल गरे ।
यो जितसँगै फारो आइसल्याण्डको विश्वकपमा छनोट हुने सम्भावना अझै पनि जीवित रहेको छ।