२७ आश्विन २०८२
अ+
अ-

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको युद्ध सकिएको घोषणा गर्दै आफूले मध्यस्थता गरेको युद्धविराम र बन्धक मुक्तिको सम्झौता स्थायी रहने विश्वास व्यक्त गरेका छन्।

ट्रम्पको यो अभिव्यक्ति इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो सैन्य अभियान अझै समाप्त नभएको र भविष्यमा “ठूलो सुरक्षा चुनौतीहरू” आइपर्ने चेतावनी बताएका बेला आएको हो।

ट्रम्पले इजरायल प्रस्थान गर्दै एअर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “युद्ध सकियो। युद्ध सकियो, बुझ्नुभयो?” ट्रम्पले युद्धविरामबारे आत्मविश्वास प्रकट गर्दै भने, “मलाई लाग्छ यो कायम रहन्छ। मानिसहरू थाकिसकेका छन् — यो शताब्दीयौँदेखि चलिरहेको संघर्ष हो।”

उनका अनुसार, इस्रायल र हमास दुबै पक्षबाट, साथै अन्य क्षेत्रीय शक्तिहरूबाट पनि उनले बन्धक मुक्तिको पहिलो चरण र आगामी चरणहरूबारे ग्यारेन्टी पाएका छन्।

अहिले ट्रम्पले स्थायी शान्तिको सुरुवात भएको दाबी गर्दै ट्रम्पले यात्रा थालेका छन्, तर नेतन्याहुको भनाइले भने शान्ति स्थायी हुन अझै धेरै चुनौती बाँकी रहेको सङ्केत गर्छ।