काठमाडौँ
००:००:००
२ मंसिर २०८२, मंगलवार

२८ आश्विन २०८२
अ+
अ-

काठमाडौं। काभ्रेको धुलिखेलस्थित मालपोत कार्यालयका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

साबिक दोलालघाट गाविस-७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाधनीको नाममा छुट दर्ताका लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको आरोपमा आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो।

भण्डारीले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा टंगालबाट खटेको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिअनुसार अनुसन्धानका क्रममा भण्डारीले सेवाग्राहीसँग घुस रकम लिएको देखिन आएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

‘ निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो दुई लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ,’ प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो पनि…
भेरी नगरपालिकाका ७ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा