२८ आश्विन २०८२
अ+
अ-

काठमाडौं। स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला ८ हजार १०० रुपैयाँ बढेर २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ।

सोमबार सुनको मूल्य प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ। चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।