२८ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। महाधिवेशनको माग गर्दै नेपाली कांग्रेसमा हालसम्म दुई हजार ४६४ जनाले हस्ताक्षर गरेका छन्। केन्द्रीय सदस्य मधु आचार्यले दिएको जानकारी अनुसार सोमबार साँझसम्म उक्त संख्यामा हस्ताक्षर भएको हो।

“यो संख्या सोमबार साँझ सम्मको हो‚” आचार्यले नेपाल न्युजसँग भने। पार्टीको २०७८ मा सम्पन्न १४ औँ महाधिवेशनमा चार हजार ३४७ जना सहभागिता जनाएका थिए। त्यसमध्ये आधा भन्दा बढिले हस्ताक्षर गरेको आचार्यले जानकारी दिए।

पार्टीको आजबाट केन्द्रीय समिति बैठक बस्दैछ। आचार्यको अनुसार अहिले जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकपश्चात् उक्त संकलित हस्ताक्षर बुझाउने तयारी भएको छ।

जेनजी विद्रोह पश्चात् नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको बहस भइरहेको छ। नियमित नभए पनि विशेष महाधिवेशन गरेर भएपनि नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै हस्ताक्षर संकलन भएको हो।