काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३० आश्विन २०८२
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंसिर महिनाभित्रै पार्टीको १५औं महाधिवेशन गर्ने गरी अघि बढ्नुपर्ने बताएका छन्।

जारी केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै उनले अन्य दलहरू मंसिरमै सम्मेलनको तयारीमा जुट्दा कांग्रेसले पनि किन नसक्ने? भन्दै नेतृत्वलाई प्रश्न गरेका हुन्।

“अन्य राजनीतिक दलहरू मंसिरमा अधिवेशन गर्ने प्रक्रियामा जुटिसकेका छन् भने हामी किन सक्दैनौं? त्यसकारण म अत्यन्त विनम्रताका साथ भन्न चाहन्छु- कांग्रेसलाई नयाँ दिशा र नयाँ सम्भावना भएको पार्टी बनाउने हो भने मंसिर महिनामा हाम्रो महाधिवेशन गर्नुपर्छ,” उनले भने, “त्यस सम्बन्धमा महामन्त्रीले केही कुरा राख्नुभएको छ । केन्द्रीय समितिले केही निर्णय गर्छ होला।”

पूर्ण पाठ :