काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

एमाले केन्द्रीय कमिटी बैठक

३१ आश्विन २०८२
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक। तस्बिर : बिक्रम राई/नेपालन्युज
अ+
अ-

काठमाडौं। नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठकको तेस्रो दिनमा केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यको धारणा राख्ने क्रम सकिएको छ।

जावलाखेलस्थित भनिमण्डलमा जारी बैठकमा अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय र पोलिटब्यूरो सदस्यले आ-आफ्नो धारणा राख्ने क्रम सकिएको हो । बैठकमा ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११औं महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए।

स्थायी कमिटी सदस्यले धारणा राखेपछि पदाधिकारी र त्यसपछि अध्यक्ष ओलीले प्रतिवेदनमाथि उठेका प्रश्न तथा सुझावबारे एकमुष्ट जवाफ दिनेछन्। ओलीको जवाफपछि बैठक समापन हुनेछ।