काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलहरूबीचको संवादमा प्रधानमन्त्रीसहित ६ जना मन्त्रीहरू सहभागी भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको संवादमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल पनि सहभागी छन्।
सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी छन्। यस्तै राष्ट्रिय मान्यताप्राप्त दलका अतिरिक्त निवर्तमान संसद्मा प्रतिनिधित्व गर्ने थप दल सहभागी छन्।
संवादमा नेपाली कांग्रेसका तर्फबाट गगन थापा र प्रकाशशरण महत, नेकपा एमालेका तर्फबाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा माओवादी केन्द्रका तर्फबाट वर्षमान पुन र पम्फा भुसाल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वर्णिम वाग्ले र सोविता गौतम सहभागी छन्।
यस्तै नेकपा एकीकृत समाजवादीका तर्फबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला सहभागी छन्। राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेमकिपाबाट प्रेम सुवाल, जनमत पार्टीबाट चन्दन सिंहलगायत नेताहरू पनि संवादमा सहभागी छन्।