८ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। प्रहरी वृत्त दरबारमार्गबाट लुटेको पाँच थान गोलीसहित दुई जना पक्राउ परेका छन्।

प्रहरीले शुक्रबार बर्दिया बढैया गाउँपालिका-३ घर भई काठमाडौं कपन बस्ने १७ वर्षीय अनिश गिरी र झापा शिवसताक्षी घर भई काठमाडौं आनन्द भैरव बस्ने १६ वर्षीय सोनम थापा मगर रहेका छन्।

कोटेश्वर प्रभावको टोलीले गिरीलाई नरेफाँट र मगरलाई आन्न्द भैरवको डेराबाट पक्राउ गरेको हो। गिरीको साथबाट तीन थान र थापामगरको साथबाट दुई थान पेस्तोलको गोली फेला परेको प्रहरीले जनाएको छ।

दुबैले जेन-जी आन्दोलनको क्रममा वृत्त दरबारमार्गबाट गोली लुटेको बताएका छन्। उनीहरूलाई वृत्त दरबारमार्गको हिरासतमा पठाइएको छ।