८ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टी पुनर्गठनको विषय उठाउदा रवि लामिछानेको विकल्प खोजेको आरोप लगाइएको गुनासो गरेकी छन् ।

उनका अनुसार पार्टीलाई सबल बनाउन खोज्दा सभापति रवि लामिछानेको विकल्प खोजिएको भनेर गलत व्याख्या गरिएको छ।

उनले भनेकी छन्, ‘पार्टीलाई समय सापेक्षिक रूपमा मध्यममार्गी मुलधारको मुख्य राजनैतिक शक्तिको रूपमा विकास गर्दै रास्वपाले वैकल्पिक शक्ति, नागरीक समाज र जेनजी सबैलाई समेट्नका लागि पार्टीमा सांगठनिक र वैचारिक पुनःगठन पुनरवलोकन आवश्यक रहेकाे बताइन्।’

यस्तो छ डा. तोसिमा कार्कीकाे अपिल

१) विस्तारित बैठकमा सङ्गठनका साथीहरूको महत्वपूर्ण र सक्रिय सहभागताको लागि अनुरोध गर्दछु।

२) बैठकमा प्रस्तुत हुने राजनैतिक र साङ्गठनिक प्रतिवेदनमाथि सहभागिहरुले राय राख्ने मात्र होईन प्रतिवेदनहरूलाई स्वीकार्ने/अस्वीकार गर्ने/ तोकिएका संसोधनसहित स्वीकार्न पाउने गरी भोटिङ राईट दिईनुपर्छ।

३) जेन जी आन्दोलन पछिको रास्वपालाई यथास्थितिमा रहेर वैकल्पिक शक्तिहरूलाई नसमेटी आसन्न चुनावमा एक्लै जाने छुट छैन। हामी उदार हुनुपर्छ। केन्द्रीय सचिवालय, पदाधिकारी, समितिको संरचना र नेतृत्वमा पुनरावलोकन पुनर्गठन गरेर वैकल्पिक शक्ति सबैको साझा प्लेटफर्म बन्नुपर्छ।