काठमाडौँ
००:००:००
२५ कार्तिक २०८२, मंगलवार

९ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। मन्त्रिपरिषद्‌मा थपिने नयाँ मन्त्रीहरूको सपथ दिउँसो साढे २ बजे हुने भएको छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार अहिले नियुक्त हुने चार मन्त्रीहरूको सपथका लागि तयारी भइरहेको छ।

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूको नाम र मन्त्रालय तय गरी शीतल निवास पठाइसकेकी छन्। आज स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा डा. सुधा शर्मा गौतम, श्रम तथा रोजगार मन्त्रालयमा खगेन्द्र सुनार, युवा तथा खेलकुद मन्त्रालयमा बब्लु गुप्ता र भूमिसुधार मन्त्रालयमा गणपतिलाल श्रेष्ठ नियुक्त हुने भएका छन्।