काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्र बनाउने निर्णय गरेको छ।
पार्टी कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले रास्वपा लोकतान्त्रिक पार्टी भएकाले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्ने र यससम्बन्धी गतिविधि बढाउने निर्णय गरेको हो।
निर्वाचनलाई सफल बनाउन अन्य राजनीतिक दलहरूले पनि पहलकदमी लिनुपर्ने रास्वपाले ठहर गरेको छ। सरकारको म्यान्डेड निर्वाचन भएकाले सबै राजनीतिक दललाई सहभागी गराउने वातावरण सरकारले बनाउनुपर्ने रास्वपाको माग छ। बैठकले कात्तिक ३० गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने समय दिएकाले पार्टीको तर्फबाट नामावली दर्ताका लागि आह्वानसमेत गर्ने निर्णयसमेत भएको छ।