काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१० कार्तिक २०८२
जेन-जी सहिदहरूको शवयात्रा। तस्बिर : बिक्रम राई/नेपालन्युज
अ+
अ-

काठमाडौं। ‘जेन-जी आन्दोलनका घाइतेहरुको उपचार र राहतलाई प्रभावकारी बनाउन गठित समिति’ ले ४२ जनालाई सहिदको सट्टा ‘जेन-जी सुशासन योद्धा’ घोषणा गर्न सिफारिस गरेको छ।

सरकारले जेनजी आन्दोलनका घाइते र मृतकको पहिचान गरी उपचार र राहतमा सहयोग पुर्‍याउन सहसचिव वासुदेव घिमिरेको संयोजकत्वमा तिहारअघि गठित समितिले पहिलो चरणमा जेनजी आन्दोलनमा गोली लागेर तत्काल मृत्यु भएका र उपचारका क्रममा मृत्यु भएका गरी ४२ जनालाई जेन-जी सुशासन योद्धा घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गरेको हो।

संयोजक घिमिरे भन्छन्,‘जेन-जी आन्दोलनका सहिदलाई विशेष नाम दिनका लागि जेन-जी सुशासन योद्धा नाम राख्न सिफारिस गरेका हौं।’ समितिले गृहमा आइतबार पठाएको सिफारिसमा उनीहरुलाई सहिद घोषणा गरेर उनीहरुका छोराछोरीलाई नि:शुल्क उच्च शिक्षा, बाबुआमालाई जीवननिर्वाह भत्ता र परिवारका एक जनालाई रोजगारी दिन सिफारिस गरेको छ।

त्यस्तै सहिद परिवारलाई परिचयपत्रको व्यवस्था गर्न र संसद् भवनअगाडि उनीहरुको सालिक स्थापना गर्न पनि सिफारिस गरिएको छ। समितिले गरेको सिफारिस गृह मन्त्रालय पुगिसकेको छ। मन्त्रालयबाट मन्त्री परिषद्‌मा पठाइनेछ।