काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

११ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल)का लागि कर्णाली याक्स स्पोर्ट्स प्रालिले एसियन पेन्ट्सलाई सह-प्रायोजकको रूपमा भित्र्याएको छ।

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र एसियन पेन्ट्सका मार्केटिङ सहायक प्रबन्धक आस्था सत्यालले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौता कार्यक्रममा एसियन पेन्ट्सका तर्फबाट मार्केटिङ सहायक प्रबन्धक अंकिता श्रेष्ठको पनि उपस्थिति थियो।

एसियन पेन्ट्स नेपालमा अन्तर्राष्ट्रिय पेन्टहरू उत्पादन गर्ने एक प्रमुख उत्पादक हो। एसियन पेन्ट्सले आफ्नो बजार एसियासँगै अफ्रिका, मिडल इस्ट, साउथ प्यासिफिक र साउथ प्यासिफिकमा पनि विस्तार गरेको छ।