काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

११ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। प्रतिकूल मौसमका कारण भिजिबिलिटी कमजोर हुँदा हवाई उडान सामान्य प्रभावित भएको छ। भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान ढिला भएका छन्।

अहिले अन्तर्राष्ट्रियतर्फका उडान ‘होल्ड’मा रहेका छन्। यस्तै हिमाली क्षेत्रतर्फ लुक्लाको तेञ्जिङ हिलारी, हुम्लाको सिमीकोटलगायत विमानस्थलमा उडान सामान्य प्रभावित भएको छ। विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार खराब मौसमका कारण अहिले विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) उडान मात्रै भइरहेको छ। केही उडान ढिलो भए पनि रद्द नै गर्नुपर्ने अवस्था नभएको उनले बताए।

हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ। यस प्रणालीको प्रभावले गएरातिदेखि बुधबार बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ उपत्यकाको आकाशमा बिहानदेखि बदली रहेको छ।