काठमाडौँ। नख्खु कारागारबाट भागेका कैदीलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१० रानीघाटका ३९ वर्षीय लालबाबु साह रहेका छन्।
वडा प्रहरी कार्यालय श्रीपुरले उनलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए।
साह लागुऔषध मुद्दामा २ वर्ष १ महिना कैद र १ लाख ५ हजार रुपैयाँ जरिवाना तोकिएका अभियुक्त थिए। उनी जेन-जी आन्दोलनको क्रममा २४ भदौमा नख्खु कारागारबाट भागेका थिए।
पक्राउ परेका साहलाई नख्खु कारागारमै पठाउने तयारी भइरहेको बस्नेतले बताए।