काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। आज २०८२ साल कात्तिक १२ गते बुधबार। कात्तिक शुक्ल पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : स्वास्थ्य भरपर्दो रहनेछ। परिवारका सदस्यहरूबाट सकारात्मक सहयोग हुनेछ। सबै काम सुख र सुविधाका साथ सम्पन्न गर्न सकिनेछ। काम धन्दामा लगानी गर्न मन लाग्नेछ । मनमा एकप्रकारको ढुक्कपन रहने, दौडादौडी त्यति गर्नुपर्ने छैन।

बृष : अपमानित हुनुपर्ने ठाउमा नचाहेर पनि जानुपर्नेछ। आफन्तै व्यक्तिहरूसग झगडा पर्न सक्नेछ। मनमा विना कामका चिन्ताले सताउनेछन्। आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन। निस्कियो भने आफ्नै पैसा र समयको बर्वादी हुनुका साथै दुर्घटना पनि हुन सक्नेछ। त्यसैले सतर्क हुनु अति आवश्यक छ।

मिथुन: लाभका मौकाहरू उपयोग गर्न सके राम्रा छन्। कसैले लगेको धन फिर्ता गर्न आउनेछन्। आपूलाई पनि नाम र कृति बढ्ने काममा लगानी गर्न मन लाग्नेछ। मनमा एक प्रकारको सहयोगी भावना पलाउनेछ। व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ।

कर्कट: समय मध्यम खालको छ। आटेका कामहरूमा असफलता, सोचेजतिका सबै कामहरूमा विघ्नबाधा, जताबाट पनि नोक्सानमात्रै पर्ने देखिएकोले सावधान रहनु अत्यन्त जरुरी छ। आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि मिल्ने छैन। स्वास्थ्यमा एक्कासी खराबी आउन सक्नेछ।

सिंह: चनाखो भर्ई सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ। आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ। स्वास्थ्य भरपर्दो रहनेवाला छैन। समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला। पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन्। आज जताबाट पनि समस्या आइलाग्ने देखिन्छ। समय खराब रहेकाले टाढाको यात्रा गर्नु ठीक छैन।

कन्या: स्वास्थ्य राम्राे हुने छ तर आटेका सोचेका कामहरूमा भने कुनै न कुनै प्रकारको झन्झट र झमेला देखापर्नेछ । सोचे जतिका सबै काम धेरैजसो पूरा हुनेछन्, तर संघर्ष भने खूब गर्नुपर्नेछ । पिर नगरी सक्रिय भएर काममा लागेमा अधिकतम लाभ लिन सकिनेछ । समग्रमा आजको समय मध्यम रहनेछ ।

तुला: आज विशेष कार्यक्रममा भाग लिने स्थिति आउला । शैक्षिक क्षेत्रबाट पनि पुरस्कृत हुन सकिनेछ । इज्जत, प्रतिष्ठा बढ्ने ठाउमा उपस्थित र सहभागी हुन पाइनेछ । घरमा पारिवारिक सहयोग सबैबाट पाइनेछ । समग्रमा आजको समय पनि शुभ रहनेछ । भरपूर उपयोग गर्नुहोला ।

वृश्चिक: कुनैपनि शैक्षिक क्षेत्रमा लगानी आज गर्नुभयो भने राम्रो हुनेछ। व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ। स्वास्थ्यले समेत साथ दिनेछ। पश्चिम दिशाको भ्रमणमा महत्वपूर्ण काम बन्नेछन्। समय शुभ छ उपयोग गर्नुहोला।

धनु: एक्कासी रोग लाग्ने, खाना नपच्ने, कुनै व्यक्तिसंग झगडा पर्ने, जताबाट पनि नोक्सान मात्रै पर्नेछ। स्वास्थ्यलाई असर गर्न सक्नेछ। आज खाने पिउने मामलामा पनि दु:ख पाइने देखिन्छ। छोराछोरीसग विवाद हुनेछ। मनमा व्यर्थैको छट्पटी, यात्रामा खर्चमात्रै, उपलब्धि हात लाग्ने छैन।

मकर: आफ्नै ढिलासुस्ती र मनोवल कम हुँदा हरेक काममा पछि परेको अनुभव गर्नुपर्ने छ। मानसिक अशान्ति, यात्रामा बिघ्नबाधा, स्वास्थ्य भरपर्दो नहुनु, खानामा गडबडी, शोक पर्ने समाचारसमेत सुन्नुपर्नेछ। सतर्क रही कार्य गर्नुहोला। टाढाको यात्रामा जानु पनि ठीक छैन।

कुम्भ: आर्थिक दृष्टिकोणले उपयोगी बित्ने छ। मानसिक शान्ति तथा आरामपूर्वक सोचेका, शुरु गरेका काम सम्पन्न हुनेछन्। तर बोली वचनमा भने संयम राख्नुपर्ने देखिन्छ। होटल व्यवसायी, नगदेवालीमा संलग्न व्यक्तिलाई आज राम्रो छ। आज साँझपख भने आकस्मिक रूपमा कुनै चोट लाग्न सक्ने छ, ज्यादै सतर्क हुनु आवश्यक छ । केही काम भने विग्रने सम्भावना रहनेछ।

मीन: आफ्नो काममा आफ्नै व्यक्तिहरूले बाधा पार्नेछन। त्यसकारण तपाईंको मन अस्थिर हुन सक्नेछ। जुन कार्यक्रममा भाग लिन जानुपर्ने हो त्यसमा छुट्नुपर्ने देखिन्छ। स्वास्थ्य संवेदनशील रहने देखिन्छ । खानामा गडबडी, कसैले मनमा दु:ख लाग्ने कुरा प्याच्च सुनाउन सक्नेछन्, चिन्ता नलिनु वेश हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।