काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

१३ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। करुणा फाउन्डेसन नेपाल र जर्मन ह्यान्ड्स प्रोजेक्टको सहकार्यमा २०४ जनालाई निःशुल्क कृत्रिम हात जडान गरिने भएको छ। आगामी १७ देखि २६ कात्तिकसम्म कोशी प्रदेशका २०४ जनालाई इटहरीमा निःशुल्क कृत्रिम हात जडान गरिने भएको हो।

प्रतिदिन २० देखि २५ जना लाभग्राहीहरूलाई दुईवटा समूहमा विभाजन गरी कृत्रिम हात जडान गरिनेछ। फाउन्डेसनले देशभरबाट लाभग्राहीको विवरण संकलन गरेको भए पनि पहिलो चरणमा कोशीमा यस्तो कार्यक्रम गरिने भएको हो। कृत्रिम हात जडानका लागि जर्मनी, न्युजिल्यान्ड र युगान्डाका विज्ञहरूसहितको प्राविधिक टोली नेपाल आउँदैछ।

फाउन्डेसनका अनुसार नेपालमा हरेक वर्ष दुर्घटना, करेन्ट, विभिन्न संक्रमण वा अन्य कारणले हात गुमाउने व्यक्तिहरूको संख्या बढ्दै गएको छ। हाल देशभर करिब ५० हजारभन्दा बढी व्यक्ति विभिन्न प्रकारका कृत्रिम अंगको प्रयोग गरिरहेका छन्।