काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१४ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। भारतले महिला एकदिवसीय क्रिकेट विश्वकपको सेमिफाइनलमा साविक विजेता अष्ट्रेलियालाई पाँच विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको छ।

गएराती सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भारतले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो। अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य पछाएको भारतले ४८.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

भारतले महिला क्रिकेटको एकदिवसीय इतिहासकै सबै भन्दा ठुलो लक्ष्य पछाएर जित हासिल गरेको हो । भारतको जितमा जेमिमा रोड्रीगोले अविजित १२७ रन बनाएकी थिइन् भने कप्तान हरमनप्रित कौरले ८९ रन बनाएकी थिइन् ।

अस्ट्रेलियाकी ओपनर फोबी लिचफिल्डको शानदार शतकीय पारीपछि भारतलाई जितका लागि ३३९ रनको विशाल लक्ष्य दिइएको थियो । विशाल लक्ष्य पछ्याउने क्रममा भारतका रोड्रिग्स र कप्तान हरमनप्रीत कौरले तेस्रो विकेटका लागि १६७ रनको साझेदारी गर्दै जितको आधार तयार गरे ।

हरमनप्रीत ८९ रनमा आउट भएपछि पनि रोड्रिग्सले पारीलाई सम्हालिन् । उनले ११५ बलमा शतक पूरा गर्दै अन्त्यसम्म नटआउट १२७ रन बनाइन् । भारतले ९ बल बाँकी रहँदा लक्ष्य भेट्याउँदै महिला एकदिवसीय क्रिकेट इतिहासकै सबैभन्दा ठूलो लक्ष्य सफलतापूर्वक पूरा गर्‍यो ।

अस्ट्रेलियाका लागि ओपनिङ ब्याटर फोबी लिचफिल्डले ९३ बलमा ११ चौका र ६ छक्कासहित शानदार ११९ रन बनाइन्। यस्तै, एलिस पेरीले ७७ र आस्ले गार्डनरले ६३ रनको महत्त्वपूर्ण योगदान दिए।

भारतका लागि बलिङतर्फ श्री चरणी र दीप्ति शर्माले २-२ विकेट लिए भने क्रान्ति गौड, अमनजोत कौर र राधा यादवले १-१ विकेट हात पारे।

भारतले अब फाइनलमा दक्षिण अफ्रिकासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।