काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

१४ कार्तिक २०८२
अ+
अ-

सुर्खेत। आमाको हत्या आरोपमा सुर्खेतमा छोरा पक्राउ परेका छन्। ५० वर्षीय धनिकला बस्नेतको हत्या अभियोगमा भेरीगंगा नगरपालिका १२, मसिना टोलका ३० वर्षीय कविराम बस्नेतलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कविरामले फरुवा प्रहार गर्दा धनिकला सख्त घाइते भएकी थिइन्। सख्त घाइते धनिकलाको कर्णाली प्रदेश अस्पताल कालगाउँमा उपचारका क्रममा मृत्यु भएको थियो।

घटनापछि इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले कविरामलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीविरुद्ध कर्तव्य ज्यानमुद्दामा अनुसन्धान सुरु भएको छ।