१५ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेपाल प्रहरीले चालु आर्थिक वर्ष ०८२/८३ को असोज महिनामा २३ करोड ४३ लाख ८३ हजार ३४० रुपैयाँको राजस्व दाखिला गरेको छ।

विभिन्न शीर्षकमा संकलन गरेर असोज महिनामा उक्त रकम राजस्व दाखिला गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार अदालती फैसला कार्यान्वयन‚ ट्राफिक कारबाही राजस्व‚ अवैध सुन बरामद‚ अवैध मालसामान बरामद‚ स्रोत नखुलेको रकम‚ अवैध नदीजन्य पदार्थ उत्खनन‚ अवैध काठ बरामद‚ अवैध पशुपक्षी‚ अवैध मुद्रा बरामद र अवैध चाँदी बरामद गरी १० शीर्षकमा स‌ंकलन गरिएको राजस्व प्रहरीले दाखिला गरेको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी राजस्व ट्राफिक कारबाहीबाट संकलन भएको छ। जसमा तीन करोड १३ लाख ७३ हजार ५०९ रुपैयाँ संकलन भएको छ। सबैभन्दा कम राजस्व अवैध मुद्रा बरामदबाट एक लाख ६ हजार ४९६ रुपैयाँ संकलन भएको छ।

हेर्नुहोस् कुन शीर्षकमा कति?