काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१५ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। ह्वाट्सएपले पास-की-इन्क्रिप्टेड ब्याकअपहरूलाई समर्थन (सपोर्ट) गर्ने भएको छ।

प्रयोगकर्ताले पासवर्ड वा ‘६४-अंकको इन्क्रिप्सन की’ सम्झनुको साटो आफ्नो फिंगरप्रिन्ट, अनुहार वा स्क्रिन लक कोड प्रयोग गरेर आफ्नो ह्वाट्सएप च्याट ब्याकअपहरू इन्क्रिप्ट गर्न सकिनेछ।

साथै कम्पनीले तिनीहरू सधैं ‘सुरक्षित, पहुँचयोग्य र निजी’ हुनेछन् भनेर उल्लेख पनि गरेको छ।

यो सुविधा चाँडै आउने अपेक्षा गरिएको छ। एकपटक यो सुविधा लिएपछि इन्क्रिप्टेड ब्याकअपमा गएर पास-की विकल्प छनोट गर्न सकिनेछ।