काठमाडौं। आज २०८२ साल कात्तिक १६ गते आइतबार। कात्तिक शुक्ल पक्षको एकादशी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर २ तारिख। तुलसी विवाह एवम् हरिबोधनी एकादशी व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।
मेष: पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन। मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्।
बृष: व्यापार व्यवसाय राम्रो हुनेछ। आर्थिक लगानी बढाउन अनुकूल छ। नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ।
मिथुन: दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन। आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ। घरपरिवारमा राम्रो छ। बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ।
कर्कट: उत्साह र उमङ्ग बढ्नेछ। तर आज दिउसोको समयमा भने धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ। नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ। व्यापार व्यवसायबाट फाइदा मिल्ने छैन। आत्म–विश्वास बढ्नेछ।
सिंह: पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ। मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ नोकरी गर्नेले मानसम्मान पाउने छन। प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ।
कन्या: काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ। धैर्यधारण गरी परिश्रम गर्ने दिन हो। मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ। नवीन रोजगारीको सम्भावना छ। प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ।
तुला: समय शुभ छ। दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ । ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। व्यापार फस्टाउने छ। आम्दानीमा कमी हुने छैन। सानो प्रयासले रोकिएको काम बन्नेछ । धार्मिक सामाजिक क्षेत्रमा समय दिन सकिन्छ।
वृश्चिक: कडा परिश्रम व्यर्थै खेर जान सक्छ। सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ। बन्दव्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ। दिउँसोबाट निराशाको अन्त्य हुनसक्छ। प्रेमको बन्धनमा बाँधिने बेला छ।
धनु: घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ। मेजमानीको अनुकूलता प्राप्त हुनेछ। दाम्पत्यसम्बन्ध सुखद रहनेछ। परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ। स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ। आम्दानी बढ्न सक्छ।
मकर:समय शुभ छ। शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ। मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ। आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ। यात्रा लाभप्रद बन्न सक्छ।
कुम्भ: ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ। मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन। छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ। बन्दव्यापारबाट लाभ मिल्नेछ। इष्टमित्रले प्रशंसा गर्नेछन।
मीन: घरपरिवारभित्रका विविध समस्यामा रुमल्लिनु पर्ने छ। घरबाहिर बस्नेका लागि सन्तोषजनक देखिन्छ। दार्शनिक वा बौद्धिक क्षेत्रमा दिलचस्पी बढ्ने छ । नवीन रोजगारीको सम्भावना छ। रोकिएका काम सम्पादन हुनेछन्।