काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला दुई लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँले बढेको छ । आइतबार प्रतितोला तीन हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज तीन हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ ।