काठमाडौं। जेन-जी आन्दोलनका क्रममा गत २३-२४ भदौमा भएको घटनासम्बन्धी जाँचबुझ आयोगले बयानका लागि बोलाउन सक्ने भन्दै त्यसताका फिल्डमा खटिएका इन्चार्जलाई काठमाडौं उपत्यका नछाड्न नेपाल प्रहरीको हेडक्वाटरले निर्देशन दिएको छ।
प्रहरी मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई पत्राचार गर्दै त्यसताका सबैभन्दा बढी क्षति भएको क्षेत्रमा खटिएका इन्चार्जलाई कुनै पनि बेला आयोगमा सोधपुछका लागि बोलाउनुपर्ने भएकाले बाहिर नजाने व्यवस्था मिलाउन भनेको हो।
“बढी क्षति भएको क्षेत्रहरुमा खटिएका प्रहरी इन्चार्जहरुलाई घटनासम्बन्धी सोधपुछका लागि कुनै पनि समयमा आयोगमा उपस्थितिको लागि बोलाउनुपर्ने हुँदा हाललाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन हुनसमेत अनुरोध गरिएको छ‚” प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाद्वारा जारी सूचनामा छ।