काठमाडौँ
००:००:००
२४ कार्तिक २०८२, सोमबार

फोटोफिचर

१८ कार्तिक २०८२
दोधारा चाँदनी पुल। तस्बिरहरू : प्रकाश चन्द्र तिमल्सेना/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने महाकाली नदीमाथि बनेको झोलुंगे पुलले स्थानीयलाई आवतजावत सजिलो त पारेकै छ, पर्यटकलाई पनि लोभ्याइरहेको छ।

यो पुल हेर्नकै लागि यहाँ बर्सेनि हजारौँ पर्यटक आउने गरेका छन्। दोधारा चाँदनी झोलुंगे पुल कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करिब ९ किलोमिटरको दूरीमा पर्छ।

यस पुलको लम्बाइ एक हजार ४५२.९६ मिटर, चौडाइ १.६ मिटर र लामो स्पान २२५.४० मिटर रहेको छ।

२०६० को दशकसम्म महाकाली नदीमा पुल नहुँदा महाकाली नगरपालिकावासी (दोधारा–चाँदनी) ले निकै सास्ती भोग्नुपरेको थियो।