१९ कार्तिक २०८२
अ+
अ-

नाइजेरिया। उत्तरपश्चिमी नाइजेरियामा सशस्त्र सेना र आतङ्कवादीहरूबिच भएको गोलीबारीमा १९ जना आतङ्कवादी र दुई जना सैनिकको मृत्यु भएको नाइजेरियाली सेनाले घोषणा गरेको छ।

नाइजेरियाली सेनाले कानो राज्यमा सशस्त्र समूहसँग भएको गोली हानाहानको पुष्टि गर्दैे जारी गरेको विज्ञप्तिमा अपरेसनका क्रममा दुई जना सैनिक र एक जना स्थानीय गार्डको पनि मृत्यु भएकोसमेत उल्लेख गरेको छ।

उत्तरी नाइजेरियामा बढ्दो असुरक्षा कम गर्ने सैन्य अभियानको एक हिस्साको रूपमा यो अपरेसन आएको विज्ञप्तिमा भनिएको छ। धेरै सैनिक र संयुक्त फोर्सका सदस्यहरूलाई सामान्य चोट लागेको र उपचारका अस्तपाल लगिएको जनाइएको छ।

नाइजेरियाका उत्तरपूर्वी राज्यहरूमा सन् २००९ मा विद्रोह सुरु गरेका सशस्त्र समूहहरूले पटक–पटक आक्रमण गर्दा करिब ४० हजार मानिसहरुको मृत्यु हुनुका साथै करिब २० लाख नाइजेरियालीहरू विस्थापित भएका छन्।