२० कार्तिक २०८२
अ+
अ-

काठमाडाैं। युईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले जर्मन क्लब डर्टमुन्डमाथि ४-१ को सानदार जित हासिल गरेको छ।

सिटीको जितमा फिल फोडेनले २ गोल गर्दा एर्लिङ हालान्ड र रायन चेर्कीले १-१ गोल गरे। फोडेनले २२औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। २९औं मिनेटमा हालान्डले अग्रता दोब्बर पारे। दोस्रो हाफको ५७औं मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-० ले अगाडि राखे।

७२औं मिनेटमा डर्टमुन्डका वाल्देमार एन्टनले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेपनि इन्जुरी समयमा चेर्कीले गोल गर्दै सिटीको ४-१ को जित पक्का गरे।

यो जितपछि पेप ग्वार्डिओलोको टोली १० अंकका साथ चौथो स्थानमा उक्लेको छ।