काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेर २ लाख ३७ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलाको २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ। आज चाँदी तोलामा ३ हजार १० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी २९ सय ९० सय रुपैयाँमा किनबेच भएको थियो।