काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक आज शुक्रबारदेखि चितवनको सौराहामा सुरु हुने भएको छ।
२१ र २२ कात्तिकसम्म सञ्चालन हुने विस्तारित बैठकले पार्टीको आगामी रणनीति तय गर्ने । शुक्रबार बिहान ८ बजेदेखि विस्तारित बैठक सुरु गर्ने तयारी छ। त्यसका लागि अधिकांश प्रतिनिधिहरू बैठकमा सहभागी हुन बिहीबार राति नै सौराहा आइसकेका छन्।
बैठकको उद्घाटन पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले गर्नेछन्। सो बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक, अर्का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचा पत्रको मस्यौदा पेस गर्नेछन्।
साथै, महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठनिक र सहमहामन्त्री विपिन आचार्यले उम्मेदवार चयनको विधि सम्बन्धी प्रतिवेदन पेस गर्ने तयारी गरेका छन् ।