२१ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यप्रति तोलामा ६०० रुपैयाँ बढेर २ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ।  यसअघि बिहीबार सुन तोलामा ६ सय रूपैयाँले बढेर २ लाख ३७ हजार ८ सयमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा ३ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा ३ हजार २० रुपैयाँ कायम भएको हो।