काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

२२ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। हङकङ सिक्सेस क्रिकेटमा नेपाल दक्षिण अफ्रिकासँग पराजित भएको छ।

आज बिहान भएको खेलमा दक्षिण अफ्रिकाले नेपाललाई चार विकेटले पराजित गरेको हो। नेपालले दिएको ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो।

दक्षिण अफ्रिकाका ब्लेक डेभिड सिम्पसनले अविजित ३० रन बनाए। ओपनर जोरिच भ्यान साल्कवेकले १७, अबदुल्लाह बेयोमीले १६ रन जोड्दा कप्तान जोर्डन मोरिस ० रन बनाएर पभेलियन फर्किए। नेपालका लोकेश बमले दुई विकेट लिए।

टस हारेर पहिला ब्याटिङ गरेको नेपाल निर्धारित ६ ओभरमा ५८ रनमा अलआउट भयो। नेपालका राशिद खानले सबैभन्दा धेरै १६ रन बनाए। दक्षिण अफ्रिकाका जोरिच भ्यान शाल्कविक, अब्दुल्ला बेयुमी र ब्लेक डेभिड सिम्पसनले समान दुई विकेट लिए।

अब नेपालसहित समूह चरण पार गर्न नसकेका चार टोलीहरू बाउल लिगमा भिड्नेछन्। बाउल लिगमा नेपालको दुई खेल आजै छ। यूएईसँग भोलि खेल्नेछ। त्यहाँबाट शीर्ष २ हुने टोलीले बाउल फाइनल खेल्ने छन्।