काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२८ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले चुनावअगाडि नै महाधिवेशन गर्न माग गर्दै पार्टी कार्यालय सानेपामा ध्यानाकर्षणपत्र दर्ता गराएका छन्। उनीहरूले हस्ताक्षरसहित शुक्रबार केन्द्रीय कार्यालयमा पत्र बुझाएका हुन्।

कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षण बुझाउने भनिए पनि खड्काको अनुपस्थितिमा पार्टी कार्यालयमा पत्र दर्ता गरिएको छ।

‘आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधानबमोजिम २०८२ मंसिर महिनाभित्र १५औँ महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागू गर्ने,’ उनीहरूले बुझाएको पत्रमा भनिएको छ।

कांग्रेसमा नियमित महाधिवेशन वा विशेष तथा चुनावअघि कि चुनावपछि महाधिवेशन भन्नेमा विवाद छ।