काठमाडौँ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँले घटेर २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५० हजार २ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदी प्रतितोला ६० रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला ३ हजार २८५ रुपैयाँ तय गरेको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ३ सय ४५ रूपैयाँमा कारोबार भएको थियो।