काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२८ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।

त्यसैगरी, आज राति देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने छभने केही स्थानमा आंशिक बदली हुनेछ।