काठमाडौँ। कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा अहिले सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेको छ। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ। उसले यसअघि काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो।
यस्तै कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पनि दोस्रो खेल खेल्दै छ। पहिलो खेलमा विराटनगर किङ्ससँग पराजित भएको पोखरा पहिलो जितको खोजीमा छ।