काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

केन्द्रीय समिति बैठकले आमनिर्वाचनमा सहभागिता जनाउने निर्णय गरे पनि महाधिवेशनबारे भने अनिर्णित

६ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अब ११ मंसिरमा बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय समिति बैठकले आमनिर्वाचनमा भाग लिने निर्णय गरे पनि महाधिवेशनबारे भने निर्णय गर्न सकेन।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले अब केन्द्रीय समिति बैठक ११ मंसिरमा बस्ने जनाए। उनले ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने विषयमा पार्टीले केन्द्रीय समितिबाट निर्णय लिएको जानकारी दिए।

यो पनि…

निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा भने अब अर्को बैठकमा छलफल हुने उनको भनाइ छ। कांग्रेसमा चुनावअघि महाधिवेशन गर्ने कि पछि भन्नेमा विवाद छ।