काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१३ मंसिर २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

देउखुरी। दाङमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। पिकअप भ्यानको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका १७‚ वनकट्टीका २६ वर्षीय केदार केसीको मृत्यु भएको हो।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु.१ज ६२५८ नम्बरको पिकअप भ्यानले विपरीत दिशाबाट आउँदै गरेको केसीले चलाएको रा.२प ११५६ नम्बरको मोटरसाइकललाई घोराही-तुलसीपुर खण्डअन्तर्गत घोराही उपमहानगरपालिका १०‚ नारायणपुरको पशुपति बोर्डिङ स्कुलनजिकै शुक्रबार ठक्कर दिएको थियो।

दुर्घटनामा सख्त घाइते भएका केसीको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ठक्कर दिने पिकअप भ्यान र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए। उनका अनुसार शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ।