काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीले आज लुम्बिनी प्रदेश स्थित दाङको देउखुरीमा एकता सन्देश सभा गर्ने भएको छ।
आजको सभालाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, भीम रावल, वर्षमान पुनलगायतका नेताहरूले सम्बोधन गर्ने छन्।
यसअघि नेकपाले शुक्रबार धनगढीमा एकता सन्देश सभा गरेको थियो। घोषित कार्यक्रम अनुसार गण्डकीको पोखरामा मङ्सिर १४ गते, कोशीको विराटनगरमा मङ्सिर १५ गते सभा हुनेछ।
साथै कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेसको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते सभा हुनेछ। मङ्सिर २९ गते देशभरका पालिकाहरूमा एकता सन्देश सभा हुनेछ।