भ्रष्टाचार मुद्दा
प्रदीप अधिकारीसहित ६ जना र एक कम्पनीविरुद्ध १३ करोड ५७ लाख बिगो दाबी
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पक्राउ गरी भ्रष्टाचार मुद्दा दर्ताका लागि विशेष अदालतमा उपस्थित गराएको छ।
अधिकारीसहित ६ जना र एउटा कम्पनीविरुद्ध अख्तियारले विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा दर्ता गराएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
विशेष अदालतमा उपस्थित हुन अधिकारीले मेडिकल मास्क‚ सेतो सर्ट र नीलो कोट लगाएर पुगेका थिए। अधिकारीसँगै अख्तियारले मुरारी भण्डारी, नरविक्रम थापा, गुरुदत्त अधिकारी, विजय थापा र समृद्धि श्रेष्ठमाथि मुद्दा चलाएको छ। साथै अख्तियारले उनीहरूसहित अभियन्त्र कन्सल्टिङ प्रालि बानेश्वरमाथि पनि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
यो पनि…
भ्रष्टाचार मुद्दा : प्रदीप अधिकारीसहित ६ जना र एक कम्पनीविरुद्ध १३ करोड ५७ लाख बिगो दाबी
अधिकारीसहित चारजना प्राधिकरणका कर्मचारी हुन्। विजय थापा अभियन्त्र कन्सल्टिङ कम्पनीका निर्देशक हुन् भने गुरुदत्त अधिकारी इन्जिनियर हुन्। मुद्दा दर्ता हुनुअघि अख्तियारले उनीहरूलाई पक्राउ गरी विशेष अदालत पुर्याएको थियो।
६ जना र कम्पनीलाई १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो तथा सजाय माग गरिएको पौडेलले बताए। भक्तपुरको नलिनचोकमा रहेको हेलीपोर्ट निर्माण गर्दा भ्रष्टाचार गरेको आरोप उनीहरूलाई लागेको छ।
