काठमाडौँ। पुस महिना लागेसँगै काठमाडौँ उपत्यकालगायत देशभरको तापक्रम घट्दो क्रममा छ।
जसका कारण बिहान र बेलुकाको समयमा काठमाडौँ उपत्यकामा चिसो बढ्दै गएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसमा झरेको छ। आज बिहान गरिएको मापन अनुसार न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
उपत्यकामा बिहानको समयमा विभिन्न काममा निस्कने मानिसहरूले बाक्लो कपडा लगाउन थाली सकेको अवस्था छ, भने कतिपय मानिसहरू आगो ताप्न सुरु गरिसकेको अवस्था छ।
विशेष गरी बिहानको समयका विद्यालय, कलेज र विभिन्न काममा संलग्न मानिसहरू जाडोयाम सुरु भएसँगै बढी प्रभावित भएका देखिन्छन्।