काठमाडौँ
००:००:००
२ पुष २०८२, बुधबार

२ पुष २०८२
अ+
अ-

रुपन्देही । पश्चिम तराईमा बुधबार बिहानैदेखि बाक्लो हुस्सु–कुहिरो लाग्दा जनजीवनसँगै हवाई सेवा प्रभावित भएको छ । भैरहवा, नेपालगञ्ज र धनगढीमा भिजिबिलिटी  कम भएपछि उडान हुन सकेको छैन ।

मौसमविद् विनु महर्जनका अनुसार भैरहवामा भिजिबिलिटी १ सय मिटरमा झरेको छ भने धनगढी र जनकपुरमा ५ सय मिटर मात्र छ । दिउँसोपछि हुस्सु क्रमशः घट्ने अनुमान गरिएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहानैदेखि हुस्सु बढेका कारण बुधबार बिहानदेखि सबै उडान रोकिएका छन् ।